जग्गा लिएकोमा विरोध गर्ने एमाले नेताहरुलाई भकाभक पुर्जी

जग्गा लिएकोमा विरोध गर्ने एमाले नेताहरुलाई भकाभक पुर्जी
सुन्नुहोस्

नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त जग्गाबारे नकारात्मक टिप्पणी गर्ने नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोध्ने भएको छ । जग्गा लिनेसम्बन्धी पार्टीको निर्णयविपरीत अभिव्यक्ति दिनेलाई स्पष्टीकरण सोध्न लागिएको जानकारी दिँदै महासचिव शंकर पोखरेलले पूर्वउपाध्यक्ष भीम रावल,स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाबाट यो निर्णय कार्यान्वयन हुने बताए ।

आज बसेको पार्टी सचिवालय बैठकले कीर्तिपुरमा व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा लिने निर्णयको विरोध गर्नुपर्ने कुनै कारण नरहेको निर्णय गर्दै भनेको छ, ‘यसमा स्वार्थको द्वन्द्व उत्पन्न हुने कुनै कारण छैन ।’

दानमा प्राप्त जग्गाको हैसियत कानूनी प्रक्रियाबाट समाधान गरिने एमालेको ठहर छ । ‘उहाँले दान गर्ने भन्नुभएको छ । प्रक्रियामा रहेकाले कानूनी प्रक्रियाद्वारा समाधान गर्छौं’, पोखरेलको भनाई छ । 

पार्टीका पूर्वउपाध्यक्ष डा।भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले सामाजिक सञ्जालमार्फत व्यवसायीबाट जग्गा लिइएकोमा नेतृत्वको विरोध गरेका छन् । अन्य धेरै नेता तथा कार्यकर्ताले पनि उक्त विरोधलाई सामाजिक सञ्जालमा सेयर गरेकाे पाइन्छ ।

टिप्पणीहरू