सिंहदरबारमा स्थगित, बूढानीलकण्ठमा प्रारम्भ

सिंहदरबारमा स्थगित, बूढानीलकण्ठमा प्रारम्भ

आज बोलाइएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे सिंहदरबारमा बैठक डाक्नुभएको थियो । 

मन्त्रिपरिषद् बैठकले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशलाई अन्तिम रुप दिने कतिपयको अनुमान थियो । हिजो साँझ प्रधानमन्त्रीले काँग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटारमा यसबारे छलफलसमेत गर्नुभएको बताइन्छ ।  

स्रोतका अनुसार नेपाली काँग्रेसको सुझावअनुसार आजको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको हो । प्रधानमन्त्री ओलीले जसरी पनि अध्यादेश ल्याउने जोडबल गरिरहँदा सभापति देउवाले भने पार्टीभित्र छलफल गर्न समय माग्नुभएको बुझिएको छ । 

अध्यादेश सम्बन्धमा छलफल गर्न काँग्रेस नेताहरु देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

 

टिप्पणीहरू