रवि प्रहरी खोरमा पुगेपछि मुकुल ढकाल दंग

रवि प्रहरी खोरमा पुगेपछि मुकुल ढकाल दंग

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले रविलाई भीडको नेताको संज्ञा दिएका छन् । शनिबारदेखि राजधानी, पोखरा र चितवनका सडकमा देखिएको भीडमा रवि लामिछानेको किचेन क्याबिनेट र रवि क्लबका सदस्यहरुको मात्रै सहभागिता रहेको बताएका छन् । 

उनले विरोध कार्यक्रममा रास्वपा कार्यकर्ता नभएर ‘रवि लामिछाने क्लब’का सदस्यहरु पुगेका उल्लेख गरे । विधिको शासन र कानुनभन्दा माथि कोही नहुने जनाउँदै ढकालले भीडलाई ‘रास्वपा कार्यकर्ताको आन्दोलन’ भनेर नलेखिदिन मिडियालाई आग्रहसमेत गरेका हुन् । 

‘कृपया मिडियाका साथीहरुले रास्वपा कार्यकर्ताको आन्दोलन भनेर नलेखिदिनु होला’, उनले आग्रह गरेका छन्, ‘त्यो भीड रवि लामिछाने क्लबका सदस्यहरुको हो ।’

रास्वपामा अहिले पार्टीको सिद्धान्त र अस्तित्व बचाएर आफू मात्र बसेको ढकालको दावी छ । थपेका छन्, ‘आज रास्वपामा कोही छ त, म छु । एक्लै होला, तर पार्टी सिद्धान्त र अस्तित्व बचाएर बसेको छु ।’ 

सभापति रवि लामिछाने पक्राउ परेपछि रिहाइको माग गर्दै उनीहरुले पोखरामा निरन्तर प्रदर्शन गर्दै आएका छन् । काठमाडौंमा अस्ति र चितवनमा आज जुलुस निकालेका हुन् ।

टिप्पणीहरू