काँग्रेस प्रतिष्ठानमा एकै पटक डेढ दर्जन नियुक्ति

काँग्रेस प्रतिष्ठानमा एकै पटक डेढ दर्जन नियुक्ति

नेपाली काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा डेढ दर्जन सदस्य थपिएका छन् । प्रतिष्ठानका प्रमुख समेत रहेका पार्टी उपसभापति पूर्णबहादुर खड्काले १८ जनालाई सदस्यमा नियुक्त गरेका हुन् । 

उनले पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम सदस्य नियुक्त गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नियुक्त भएका सदस्यहरुमा बाजुराका कविराज पण्डित, तनहुँका डा.जगदीशचन्द्र पोखरेल, गुल्मीका छन्दबहादुर पहराई, सिन्धुलीका विजुला बर्मा, नुवाकोटका डा.केदारनरसिंह केसी, सोलुखुम्बुकी रिना उप्रेती, धनुषाका वीरेन्द्र यादव हुन् । 

यस्तै, कास्कीका डा.कृष्णप्रसाद पौडेल, झापाका भरत प्रसाई, भक्तपुरका कमल कार्की, सिन्धुपाल्चोकका बलदेव तिमिल्सीना, स्याङ्जाका डोलराज भुसाल, बाग्लुङका प्रताप पौडेल, जाजरकोटका हजारी नेपाली, काठमाडौंका विश्वदीप लामिछाने, कञ्चनपुरकी भवानी पन्त र काठमाडौंका अनार बस्नेत पनि सदस्यमा चयन भएका छन् ।

टिप्पणीहरू