अमेरिकाबाट फर्केकी उपमेयर लगत्तै बैंकक

अमेरिकाबाट फर्केकी उपमेयर लगत्तै बैंकक
सुन्नुहोस्

काठमाडौं महानगरका उपमेयर सुनिता डंगोल विदेश गएकी छन् । उनी आज दिउँसो साढे १ बजे थाइ एअरवेजको उडान नम्बर टिजी ३२० मा थाइल्याण्डको राजधानी बैंकक गएकी हुन् । 

उपमेयरले युएन वुमनले आयोजना गरेको सेकेण्ड एसिया प्यासिफिक केयर फोरममा भाग लिने बताइएको छ । उनको आगामी शुक्रबार दिउँसो काठमाडौं फर्कने कार्यक्रम छ । 

उपमेयरको बिदाईमा आज दिउँसो महानगरका सात जना कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरुलाई आज बिदाई र आगामी शुक्रबार स्वागतका लागि भिआईपी कार्ड उपलब्ध गराइदिन महानगरले अनुरोध गरेको हो । 

उपमेयरका सचिवालय प्रमुख सौरभ गौतमका अनुसार उपमेयरको बिदाईमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्ले, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख बलराम त्रिपाठी, स्वकीय सचिव विश्व शाक्य, मेट्रो अनलाइनका सम्पादक चन्द्रमणि भट्टराई, निजी सुरक्षा अधिकारी र गौतम स्वयम् विमानस्थल पुगेका थिए ।

असोज २ गते उपमेयर डंगोल संयुक्त राज्य अमेरिका गएकी थिइन् । संयुक्त राष्ट्र संघको महासभा अन्तर्गतको सम्मेलनमा भाग लिन गएकी उनी तीन सातापछि असोज २२ गते स्वदेश फर्केकी हुन् ।

टिप्पणीहरू