रवि लामिछाने थुनुवा प्रकरणमा प्रहरी र सिडियो कहाँनेर चुके ? श्रीमानमाथि किन निशाना ?

रवि लामिछाने थुनुवा प्रकरणमा प्रहरी र सिडियो कहाँनेर चुके ? श्रीमानमाथि किन निशाना ?
सुन्नुहोस्

हिरासतमा रहेका प्रतिवादीले मुलुकको कार्यकारी प्रधानमन्त्रीमाथि आक्रोश पोखिरहने,छेउमै उभिएका प्रहरी अधिकारी चुपचाप सुनेर बस्ने !- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई चाहिनेभन्दा बढी छुट दिएपछि कास्कीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख अप्ठेरोमा परेका छन् । 

सूर्यदर्शन सहकारीको बचत हिनामिना अभियोगमा पक्राउ परेका लामिछानेलाई हिजो जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने क्रममा प्रहरीले सञ्चारकर्मीसँग मन फुकाएर बोल्न दिएको थियो । त्यसक्रममा उनले सरकारविरुद्ध चर्को आक्रोश मात्र पोखेनन्,प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैभन्दा भ्रष्ट व्यक्तिको संज्ञा पनि दिए । अदालतभित्र उभिएर निर्धक्कसँग प्रधानमन्त्रीमाथि छानबिन गर्नुपर्ने माग राख्दै उनले सरकारविरुद्ध सडकमा उत्रिन देशभरका कार्यकर्तालाई आह्वानसमेत गरे । 

अदालत परिसरमै प्रतिवादीले यसरी खुलेआम प्रधानमन्त्रीलाई च्यालेञ्ज गरेपछि लामिछानेलाई सञ्चार माध्यममा प्रस्तुत किन गरियो भन्ने प्रश्न उठिरहँदा गृहमन्त्री रमेश लेखकले यसबारे चासो राखेका छन् । उच्च प्रहरी स्रोतका अनुसार गृहमन्त्रीले केही प्रहरी अधिकारीहरुसँग हिजै यसबारे छलफल गरेका थिए । त्यसक्रममा हिरासतमा रहेका प्रतिवादीलाई 'प्रेसमिट' गर्न दिनु कमजोरी भएको निष्कर्षसहित लेखकले नयाँ अनुसन्धान अधिकारी पठाउने संकेत दिएको स्रोतले बताएको छ ।

लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधको कसूरमा मुद्दा चलाउने तयारी छ । प्रहरीले त्यसैमा अनुसन्धान केन्द्रित गर्दैछ । तर, न्यायाधीशलाई तर्साउने र अदालतलाई प्रभावमा पार्ने प्रयास रास्वपाका तर्फबाट भैरहेको छ । 'गुड लक रवि दाइ' वालाहरुले लामिछाने पक्राउको अनुमति दिने न्यायाधीश कृष्णजंग शाहविरुद्ध सामाजिक सञ्जालमा मानमर्दन गरिरहेका छन् । 'हाम्रो सभापतिलाई पक्राउ पुर्जी जारी गर्ने मान्छे चिनी राखौँ' भनेर फोटोसहितको भिडियो सञ्जालमा भाइरल बनाइएको छ । 

अहिले भर्खरैदेखि कास्कीको प्रहरी प्रमुख छन्,एसपी श्याम ओलिया । सहकारी प्रकरणमा लामिछानेलाई जोगाउने भूमिका खेलेको आरोप लागेका एसपी मनोज थापालाई सरुवा गरेर उनलाई त्यहाँको कमाण्ड सम्हाल्न पठाएको धेरै समय भएको छैन । उत्कृष्ट अनुसन्धानकर्मीका रुपमा पोखरा पठाईएका ओलिया प्रहरी वृत्तमा 'डरपोक' अफिसरका रुपमा चिनिन थालेका छन् । कतिपयले उनलाई 'मेवाको डाँठ' को संज्ञासमेत दिने गरेका छन् ।

त्यस्तै,डिएसपी वसन्त शर्माले पनि कार्यक्षमता देखाउन नसकेको गृह मन्त्रालयको प्रारम्भिक मूल्यांकन छ । माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री जनार्दन शर्माका भतिजा हुन् उनी । 

यो घटनाले गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दुर्गा सिंहमाथि पनि नैतिक प्रश्न उठेको छ । इमान्दार प्रहरी अधिकारीको परिचय हुँदाहुँदै कुशल नेतृत्व दिन नसक्दा उनी प्रश्नको घेरामा परेकी हुन् । सिंगो प्रदेशकै नेतृत्व गर्ने भएकाले यस्ता घटनामा सम्भावित खतरा हेरेर तत्काल रणनीति बनाउने र फौज परिचालनको मूल जिम्मेवारी उनकै हुन्छ । "आन्दोलनकारी"को सम्भवित रणनीति बुझेर त्यसअनुसारको काउन्टर रणनीति बनाउनुपर्ने हुन्छ ।  

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमाथि पक्राउपूर्व लामिछानेलाई सूचना दिएको आरोप छ । गृहमन्त्री र प्रहरी अधिकारीहरुको छलफलमा उनको भूमिकाबारे चर्चा भएको थियो । जिल्लाको शान्ति सुरक्षा र समग्र प्रशासनिक नेतृत्व हाँक्ने संवेदनशील जिम्मेवारीमा रहेका सिडिओले फोन गरेर लामिछानेलाई पक्राउ पर्दै गरेको सूचना दिएको विषयलाई गृहमन्त्री लेखकले गम्भीर रुपमा लिएको बुझिएको छ ।

एकातिर सरकारको निर्देशन र कानुनबमोजिम प्रभावकारी अनुसन्धान गर्नुपर्ने छँदैछ अर्कोतिर रवि पक्राउविरुद्ध रास्वपा सडकमा ओर्लिसकेको र 'धमिलो पानीमा माछा मार्ने' दाउमा रहेका दुर्गा प्रसाईंजस्ता बिभिन्न व्यक्ति र समूहको सम्भावित घुसपैठ रोक्न प्रभावकारी सुरक्षा रणनीति बनाउनुपर्ने छ । यस्तोमा परिस्थितिको गाम्भीर्यता बुझेर फुकीफुकी पाइला चाल्नुपर्ने जिम्मेवारी प्रहरीको काँधमा छ । 

तर, सडकमा कार्यकर्ता उतारेर अदालत घेराऊ गराइरहेका प्रतिवादीलाई मिडियामा उपस्थित गराएकाले एसपी ओलिया र डिएसपी शर्माको नेतृत्वमा काम नहुने निश्कर्षका साथ नयाँ डिएसपी पठाउने तयारी सरकारले गरेको छ । स्रोतका अनुसार सिआइबीका डिएसपी सुन्दर तिवारीलाई त्यता खटाइने सम्भावना छ । पहिला पोखरा बसेको र त्यहाँ रहँदा राम्रै इमेज बनाएका उनी अनुसन्धानात्मक ज्ञानसँगै प्राविधिक पक्ष पनि जानेको प्रहरी अधिकारीका रुपमा चिनिन्छन् । 

३२ पृष्ठ लामो बयानमा छविलालले सहकारी ठगीको मुख्य रणनीतिकार रवि नै भएको र आफूलाई प्रलोभनमा पारेर फसाएको दाबी गरेका छन् । कान्तिपुरको उदाहरण दिएर रविले मिडियाको बलमा शक्ति आर्जन गर्न सकिने आकर्षक प्रस्ताव ल्याएपछि आफू लोभिएको उनको बयान छ ।

रवि लामिछाने राजनीतिमा आउनुअघि सहकारीको रकम हिनामिना गरेको विषयलाई रास्वपाले राजनीतिक मुद्दा बनाइरहेको छ । प्रत्येक जिल्लाबाट न्यूनतम एक सय कार्यकर्ता रोटेसनमा पोखरा झिकाउने र शक्ति प्रदर्शनको बलमा सभापतिलाई चोख्याउने रणनीति बनाएको रास्वपाले यसैलाई 'नीलोक्रान्ति'का रुपमा परिभाषित गराउन खोजेको देखिन्छ । इजिप्ट र मध्यपूर्वका देशमा जस्तो सत्ता ढाल्ने र आफूमाथि लागेको मुद्दा पनि ढिसमिस गराउने उद्धेश्य केन्द्रित आन्दोलनमा ७७ वटै  जिल्लाबाट तोकिएको संख्यामा कार्यकर्ता पोखरा आए ७७ सय यसै हुन्छ । त्यसमा केही हजार मान्छे थपिँदा १० देखि १२ हजार मानिस आन्दोलनमा सामेल हुनसक्ने प्रहरीको अनुमान छ ।

सिके राउत,प्रभु साह,दुर्गा प्रसाईंलगायत सरकारसँग असन्तुष्ट पक्षले पनि रविप्रति सहानुभूति दर्साएको अवस्था छ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको भूमिकाले रविको पक्षमा माहोल बन्ने-नबन्ने निर्धारण गर्ने प्रहरीको विश्लेषण छ । माओवादीले संस्थागत निर्णय गरेर प्रतिवादीको पक्षमा कार्यकर्ता सडकमा उतार्ने सम्भावना नदेखिए पनि प्रहरीले सुक्ष्म ढंगले हेरिरहेको छ । यी सबै घटनाक्रमको विश्लेषणसहित प्रदर्शनमा हुनसक्ने घुसपैठ र अराजकता रोक्न अनुभवी र फिल्डमा कमाण्ड सम्हाल्न सक्ने व्यक्तिलाई पोखरा पठाउन लागिएको प्रहरी स्रोत बताउँछ ।

'पहिला चितवनमा जस्तो मान्छे जुटेका छैनन् । पोखरामा सहकारी पीडित धेरै छन् । त्यसकारण अहिलेसम्म आत्तिनुपर्ने अवस्था देखिंदैन । तर, प्रदर्शनका नाममा घुसपैठ हुनसक्नेतर्फ भने सतर्क रहनुपर्छ', राअवि स्रोतले विश्लेषण सुनायो । 

लामिछानेलाई हिरासतमा सुविधाजनक ढंगले कार्यालयको तेस्रो तलामा एक्लै बस्ने व्यवस्था मिलाएकोमा पनि कास्की प्रहरी आलोचनामा परेको छ । उनलाई गोर्खा मिडियामा बस्दाका उपाध्यक्ष संग नराखी छुट्टै कोठामा राखिएको छ । 'कानुनको दृष्टिकोणमा सबै समान हुन्छन् । प्रहरीले सबैलाई यौटै व्यवहार गर्नुपर्छ',गृह श्रोत भन्छ,'अनावश्यक रुपमा प्रहरी कसैसँग लत्रिदैन ।'

आफू गृहमन्त्री भएका बेला लामिछाने आफैँले 'भिआइपी'का नाममा हिरासतमा अलग्गै सुविधा लिने अभ्यास रोक्नुपर्ने बताएका थिए । 

लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधको कसूरमा मुद्दा चलाउने तयारी छ । प्रहरीले त्यसैमा अनुसन्धान केन्द्रित गर्दैछ । तर, न्यायाधीशलाई तर्साउने र अदालतलाई प्रभावमा पार्ने प्रयास रास्वपाका तर्फबाट भैरहेको छ । 'गुड लक रवि दाइ' वालाहरुले लामिछाने पक्राउको अनुमति दिने न्यायाधीश कृष्णजंग शाहविरुद्ध सामाजिक सञ्जालमा मानमर्दन गरिरहेका छन् । 'हाम्रो सभापतिलाई पक्राउ पुर्जी जारी गर्ने मान्छे चिनी राखौँ' भनेर फोटोसहितको भिडियो सञ्जालमा भाइरल बनाइएको छ । 

यता,सहकारी ठगी अभियोगमै पक्राउ परेका पूर्वडिआइजी तथा रवि लामिछानेका तत्कालीन व्यावसायिक साझेदार छविलाल जोशीलाई बुटवल लगिएको छ । सूर्यदर्शन सहकारीको रकम हिनामिनासम्बन्धी अनुसन्धान सकेपछि प्रहरीले सुप्रिम सहकारीको बचत अपचलनसम्बन्धमा अनुसन्धान गर्न बुटवल पठाएको हो । 

प्रहरीका अनुसार ३२ पृष्ठ लामो बयानमा छविलालले सहकारी ठगीको मुख्य रणनीतिकार रवि नै भएको र आफूलाई प्रलोभनमा पारेर फसाएको दाबी गरेका छन् । कान्तिपुरको उदाहरण दिएर रविले मिडियाको बलमा शक्ति आर्जन गर्न सकिने आकर्षक प्रस्ताव ल्याएपछि आफू लोभिएको उनको बयान छ ।

जिबीको पैसा र आफ्नो 'आइडिया'ले कान्तिपुरजस्तै शक्तिशाली मिडिया खोल्ने अनि त्यसैको जगमा उभिएर अप्रत्यक्षरुपमा  शासन सत्ताको बागडोर हातमा लिने मीठो कल्पना र भुलभुलैयामा परेर रविको पछि लागेका छविलाल आफैँमा व्यावसायिक मान्छे हैनन् । 

टिप्पणीहरू