रास्वपालाई सचेत गराउन सत्ता पक्षको यौटै श्वर

रास्वपालाई सचेत गराउन सत्ता पक्षको यौटै श्वर
सुन्नुहोस्

सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित पार्ने काम नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सचेत गराएका छन् ।

सो पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले विरोध प्रदर्शन गरिरहेका बेला सत्तापक्षको यस्तो प्रतिक्रिया आएको हो । संसदीय छानविन समितिले दिएको प्रतिवेदनको आधारमा लामिछानेमाथि अनुसन्धानको शुरु भएको जनाउँदै न्यायिक प्रक्रियालाई प्रभावित पार्ने काम नैतिक हिसावले पनि उचित नहुने सत्ताधारी पार्टीहरुको निष्कर्ष छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलको बैठकले भीड जम्मा गर्ने र अदालतलाई समेत प्रभावित तुल्याउने रास्वपाको गतिविधि रोक्न आ—आफ्नो तर्फबाट वक्तव्यमार्फत आग्रह गर्ने निर्णय पनि गरेको छ ।  

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, ‘अदालतलाई समेत प्रभावित गर्ने हिसाबले गतिविधि गर्नु लोकतान्त्रिक दृष्टिकोणले पनि उचित होइन ।’

यस प्रकरणमा सत्ता पक्षको कुनै आग्रह नभएको जनाउँदै उनले छानबिनको प्रक्रिया निश्पक्ष र पारदर्शी रुपमा अगाडि बढ्ने बताए ।

नेपालको लोकतान्त्रिक प्रक्रियामा यस्तो गलत प्रक्रिया कहिल्यै प्रयोग नभएको भन्दै पोखरेलले नयाँ भनिएको रास्वपाको यस्तो संस्कारले लोकतन्त्र डिरेल हुने खतरा औँल्याए ।

टिप्पणीहरू