दीपक मनाङे डिल्लीबजार कारागार चलान

दीपक मनाङे डिल्लीबजार कारागार चलान
सुन्नुहोस्

ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट समेत दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मनाङेलाई आज बिहान राजधानीको कम्फर्ट हाउजिंगबाट पक्राउ गरेर मध्यान्ह काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो । 

अदालतले फैसला कार्यान्वयनको प्रक्रिया पूरा गरी कारागार चलानको आदेश दिएको छ । यसअघि सर्वोच्च अदालते कात्तिक २० गते उनलाई दोषी ठहर गर्दै पाँच वर्ष जेल सजाय सुनाएको थियो । त्यसपछि उनी एकाएक मोबाइल अफ गरेर फरार भएका थिए । 

यद्यपि, केही दिनअघि फैसलाको पूर्ण पाठ आएपछि आफैं अदालतमा आत्मसर्मपण गर्न जाने सन्देश सञ्चार माध्यममा पठाएका थिए । तर त्यसअघि नै उनी आज स्वयम्भू नजिकैको कम्फर्ट हाउजिङमा रहेका साथीको अपार्टमेन्टमा फेला परेका हुन् । 

मनाङेलाई पाँच वर्षको जेल सजाय भए पनि दुई वर्ष आठ महिना पहिल्यै भुक्तान गरिसकेका छन् । अब उनले दुई वर्ष चार महिना कारागारमै बिताउनुपर्ने छ ।

यो पनि...

१. दीपक मनाङे सानो भर्याङबाट पक्राउ

२. मनाङ्गेलाई जेल लानुअगाडि अदालत पुर्याइँदै

टिप्पणीहरू