मनाङ्गेलाई जेल लानुअगाडि अदालत पुर्याइँदै

मनाङ्गेलाई जेल लानुअगाडि अदालत पुर्याइँदै
सुन्नुहोस्

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद दीपक मनाङेलाई फैसला कार्यान्वयनका लागि काठमाडाैँ जिल्ला अदालत लगिने भएको छ । 

कात्तिक २० गते सर्वोच्च अदालतले उनलाई दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको थियो । त्यसपछि फरार भएका उनी आज बिहान समातिएका हुन् । 

विशेष ब्युरोका प्रमुख डिआइजी राजन अधिकारी नेतृत्वको टोलीले काठमाडौंको सानो भर्‍याङबाट नियन्त्रणमा लिई मनाङेलाई सिआइबीको जिम्मा लगाइसकेको छ । अदालतको फैसला कार्यान्वयन प्रक्रिया अघि बढेको र उनी कारागार चलान हुने प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू