मानव तस्करीका आरोपित एमाले सांसद थप सात दिन थुनामा

मानव तस्करीका आरोपित एमाले सांसद थप सात दिन थुनामा
सुन्नुहोस्

मानव तस्करी र सरकारी लिखत कीर्ते कसुरमा समातिएका कोशी प्रदेशका निवर्तमान कानुनमन्त्री तथा एमाले सांसद लिलाबल्लभ अधिकारीलाई थप सात दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ । 

जिल्ला अदालत, काठमाडौंले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आइतबार पक्राउ परेका अधिकारीलाई सोही दिन दुई दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको थियो । आज दोश्रो पटक सात दिन म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । 

अधिकारीमाथि केही व्यक्तिलाई मन्त्रालयको नक्कली परिचय पत्र बनाइदिएर अवैधरुपमा जापान लैजान खोजेको आरोप छ । यो प्रकरणमा पक्राउ परेका अधिकारीसहित नौ जनाविरुद्ध प्रहरीले मानव तस्करी र सरकारी लिखत कीर्तेको मुद्दामा अनुसन्धान गरिरहेको छ ।
 

टिप्पणीहरू