घर जाने बेला मस्को हान्ने अनुमति

घर जाने बेला मस्को हान्ने अनुमति

कार्यकालको अन्तिम दुई महिना बाँकी रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको भित्री भाग अर्थात् राजधानी मस्कोसम्म आक्रमण गर्न युक्रेनलाई अनुमति दिएका छन् । अमेरिकाले यसअघि उपलब्ध गराएको लामो दूरीको क्षेप्यास्त्र प्रहारका लागि राष्ट्रपति बाइडेनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सीकीलाई अनुमति दिएको बताइएको छ ।

जेलेन्स्कीले अमेरिका र पश्चिमा राष्ट्रहरुसँग उक्त अनुमति माग्दै आएका थिए । उता अमेरिकी अधिकारीहरुले रुसले युक्रेनमाथि लगातार र भीषण आक्रमण जारी राखेकाले पछिल्लो निर्णय गरिएको जनाएका छन् ।

आगामी जनवरी २० तारिखमा सत्ता सम्हालेपछि रिपब्लिकन पार्टीको निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनलाई प्रदान गरिएको हतियारमा कटौती गर्ने सम्भावना बढेपछि अहिले नै ती निर्णयहरु गरिएको विश्लेषकहरु बताउँछन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई लामो दूरीको मिसाइल प्रयोगको अनुमति दिए युक्रेन युद्ध स्वतः नेटो र यससँग आवद्ध मुलुकहरुसँगको युद्धमा परिणत हुने चेतावनी दिइसकेका छन् । अमेरिकाको पछिल्लो निर्णयले युक्रेन युद्ध थप गम्भीर मोडतर्फ धकेलिने सम्भावना बढेको छ ।

टिप्पणीहरू