प्रधानमन्त्री र पूर्वरक्षामन्त्रीलाई पक्रन अन्तर्राष्ट्रिय फौजदारी अदालतको आदेश

प्रधानमन्त्री र पूर्वरक्षामन्त्रीलाई पक्रन अन्तर्राष्ट्रिय फौजदारी अदालतको आदेश
सुन्नुहोस्

अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायलका प्रधानमन्त्री र पूर्व रक्षामन्त्रीसहित हमासका सैन्य कमान्डरविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहू, पूर्वरक्षामन्त्री योआभ ग्यालेन्ट र विद्रोही हमासका सैन्य कमान्डर मोहम्मद डेइफविरुद्ध पक्राउ पुर्जी जारी भएको जनाइएको छ । 

इजरायल र हमासबीच भएको पछिल्लो एक वर्षको युद्धमा उनीहरुमाथि युद्ध अपराध र मानवताविरोधी अपराध लागेको छ । अदालतका तीन जना न्यायाधीशको इजलासले उक्त आदेश गरेको जनाइएको छ ।

टिप्पणीहरू