भारतबाट आएर सुटुक्क भेट
नेपाल मामलाआ राम्रै चाख देखाउने भारतीय जनता पार्टी (बिजेपी) का मझौला नेता विजय जोली केही दिनदेखि काठमाडौँमा छन् । निजी भ्रमण भन्दै सुटुक्क काठमाडौँ ओर्लिएका उनी विभिन्न राजनीतिक भेटघाटमा व्यस्त रहेको बुझिएको छ ।
सोमबार दिउँसो इण्डिगो एयरको उडान नम्बर ६इ११५३ बाट काठमाडौँ आएर र्याडिसन होटलमा बसेका जोलीले पूर्व पञ्चहरुको पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङसँग सोमबार साँझ भेटवार्ता गरेका छन् । भेटमा राजतन्त्र पुनःस्थापनासम्बन्धी राप्रपाको मागसँगै नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चर्चा भएको बताइएको छ ।
व्यापारी अजेय सुमार्गीका छोराको वैवाहिक निम्तो मान्न आएको बताउने जोलीले प्रमुख राजनीतिक दलका नेतालाई होटलमा बोलाएर यस्तो भेट गरेका हुन् । भारतीय संस्थापन पक्षका नेताको काठमाडौँ आगमनलाई प्रधानमन्त्रीको आसन्न चीन भ्रमण र सत्ता गठबन्धनको भविष्यसँग जोडेर चर्चा गरिएको छ ।
(साभार:जनआस्था-साप्ताहिकबाट)
टिप्पणीहरू