प्रधानमन्त्री चीन जानुअघि ल्हासाबाट उपगभर्नर आउँदै
चीनको सिचाङ्ग (तिब्बत) स्वायत्त क्षेत्रका उपगभर्नर छन योङ्गिछ नेपाल आउन लाग्नुभएको छ । तीन दिने औपचारिक भ्रमणका लागि भोलि काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा नेपालसँग सीमाना जोडिएको तिब्बतका उपगभर्नरको काठमाडौँ आगमनलाई चासोका साथ हेरिएको छ ।
नेपाललाई हरेक वर्ष २० लाख युआन बराबरको सहयोग दिने तिब्बत सरकारको यसअघिको निर्णय कार्यान्वयन हुन सकेको छैन । उक्त सहयोग विशेषगरी नेपालसँग सीमाना जोडिएका जिल्लामा खाद्यान्न र अत्यावश्यक सामानको लागि प्रयोग हुने बताइएको छ ।
टिप्पणीहरू