क्रिकेट खेल्न आएका धवन पशुपति दर्शनमा
नेपाल प्रिमियर लिग (एनपिएल)को आकर्षण बनेका भारतीय क्रिकेटर शिखर धवनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।
एनपिएल खेल्न शुक्रबार काठमाडौँ आइपुगेका उनी आज बिहान पशुपति पुगेका हुन् । उनीसँगै कर्णाली याक्सकी ब्राण्ड एम्बेस्डर स्वस्तिमा खड्का, प्रशिक्षक ज्ञानेन्द्र मल्ल र खेलाडीहरु पशुपति दर्शन गर्न गएका थिए ।
विश्व चर्चित क्रिकेटर धवन कर्णाली याक्सबाट एनपिएल खेल्दै छन् । हिजो उनी टियु क्रिकेट मैदानमा प्रवेश गर्दा समर्थकहरुले हुटिङसहित भव्य स्वागत गरेका थिए ।
धवनले भारत फर्किनुअघि कुनै हिमालको आधार शिविरसम्म पुग्ने इच्छासमेत व्यक्त गरेको बताइएको छ ।
टिप्पणीहरू