चितवनमा बयान नसकिंदै रवि लामिछानेविरुद्ध अर्को पक्राउ पुर्जी

चितवनमा बयान नसकिंदै रवि लामिछानेविरुद्ध अर्को पक्राउ पुर्जी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानविरुद्ध अर्को पक्राउ पुर्जी जारी भएको छ। 

वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध आज पर्सामा पक्राउ पुर्जी जारी भएको हो । रविका तत्कालीन व्यावसायिक साझेदार जिबी राई संचालक रहेको उक्त सहकारीका ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ अपचलन भएको आरोप छ ।

लामिछानेमाथि कास्कीको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी र चितवनको साहारा सहकारीमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ । सहारा सहकारीको घोटालाबारे हिजोदेखि जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा उनको बयान चलिरहेको छ ।

टिप्पणीहरू