क्रिकेट संघको कार्यालयमा ज्ञानेन्द्र शाहीको भाषण
मूलपानी क्रिकेट रंगशाला निर्माणमा चरम भ्रष्टाचार भएको दाबी गर्दै पूर्वपञ्चहरुको पार्टी राप्रपा विरोधमा उत्रिएको छ ।
प्रतिनिधिसभा सांसद तथा राप्रपा नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही नेतृत्वको टोलीले आज नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्यालय पुगेर विरोध जनाएको हो । मूलपानीस्थित क्यान कार्यालयको प्राङ्गढमा आयोजित खबरदारी कार्यक्रममा राप्रपा काठमाडौँ अध्यक्ष नबराज सिम्खडा, प्रदेश सांसद राजु बिष्ट, कागेश्वरी मनोहरा नगर अध्यक्ष मणि सिम्खडा लगायत उपस्थिति छन् ।
निर्माण शुरु भएको एक दशक बितिसक्दा पनि मूलपानी क्रिकेट रंगशालाको काम पूरा भएको छैन । राष्ट्रिय खेलकुद परिषद (राखेप)को स्वामित्वमा रहेको रंगशाला २०७१ सालमा निर्माण थालिएको थियो ।
टिप्पणीहरू