अढाइ लाखको स्कुटरमा एक करोडको चाँदी
वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको स्कुटरमा ६० केजी चाँदी फेला परेको छ । स्कुटरको खुट्टा राख्ने ठाउँमा फल्स बटम बनाएर लैजाँदै गरेको ६० किलो चाँदीसहित कलैया उपमहानगरपालिका–५ घुसुकपुरका कर्म साह सोनार पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय अमलेखगन्जका प्रमुख टेकबहादुर कार्कीको कमान्डमा खटेको टोलीले बागमती प्रदेश–०३–००५प ३२६ नम्बरको स्कुटरलाई अमलेखगञ्ज चोकमा चेकजाँच गर्ने क्रममा चाँदी फेला परेको हो ।
चाँदीको बजार मूल्य एक करोड दुई लाख रहेको र साहमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
टिप्पणीहरू