फेला परे वृद्धाको सिक्री लुटेर फरार भएका दुई जना

फेला परे वृद्धाको सिक्री लुटेर फरार भएका दुई जना
सुन्नुहोस्

सुनको सिक्री लुटपाटमा संलग्न दुई जना पक्राउ परेका छन् । काठमाडौंको नागार्जुन नगरपालिका–४, शरणपुर बस्ने ४२ वर्षीय गोरे तामाङ र वडा नम्बर १५, बिजेश्वरीका ३९ वर्षीय कृष्णप्रसाद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नागार्जुन–६, टौखेल बस्ने ७२ वर्षीया मैया बुढाथोकीले गत बिहीबार घर नजिकै बसिरहेको अवस्थामा घाँटीमा लगाएको दुई तोलाको सिक्री लुटेपछि तामाङ र श्रेष्ठ फरार भएका थिए । मोटरसाइकलमा आएर लुटपाट गरेका उनीहरुलाई प्रहरीले फेला पारेको हो । 

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरुलाई लुटपाटमा प्रयोग भएको बा.९६ प ५७१७ नम्बरको मोटरसाइकल र सिक्रीसहित नियन्त्रणमा लिइएको हो ।
 

टिप्पणीहरू