सिद्धार्थनगरमा क्युआर कोडबाट राजश्व भुक्तानी
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा क्युआर कोडमार्फत् राजश्व भुक्तानी शुरु भएको छ । आफ्ना सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नगरपालिकाले क्युआर कोडमार्फत् राजस्व भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ ।
अब नगरपालिका र मातहतका शाखा तथा वडा कार्यालयहरुमा तिर्न–बुझाउनुपर्ने सम्पूर्ण कर, शुल्क तथा दस्तुरहरु क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने छ । राजश्व संकलनलाई ‘फेसलेस’ र ‘क्यासलेस’ बनाउने योजनाअनुरुप यस्तो व्यवस्था गरिएको नगरपालिकाको भनाइ छ ।
यस्तै, करदाताहरुले रकम भुक्तानी गर्दा भुक्तानी गर्नुपर्ने रकमअनुसार प्राप्त हुने बेग्लाबेग्लै कारोबार संकेत नम्बरको क्युआर कोडमा सोझै रकम बुझाउन नगरपालिकाको अनुरोध छ ।
टिप्पणीहरू