एमाले देश बनाउनैका लागि जन्मेको प्रधानमन्त्रीको दावी
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अध्यक्ष रहेको नेकपा एमाले राजनीति गर्न नभइ देश बनाउनका बनेको दावी गर्नुभएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित कार्यक्रममा उहाँले यस्तो भनाई राख्नुभएको हो । एमालेको जन्मै एउटा महान उद्देश्य काँधमा बोकेर भएको पनि प्रधानमन्त्रीले जिकिर गर्नुभयो ।
'हाम्रो पार्टी जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्भिएको पार्टी हो', उहाँको दावी छ, 'यो राजनीति गर्न बनेको पार्टी होइन । यो देश बनाउन बनेको पार्टी हो ।'
देशमा सकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापन गर्न एमाले बनेको बताउँदै प्रधानमन्त्रीले नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी काम गरिरहेको उल्लेख गर्नुभयो । परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न नेता-कार्यकर्तालाई उहाँको निर्देशन छ ।
‘परिस्थितिमा परिवर्तन ल्याउने गरी नै यहाँबाट फर्किएर यसलाई व्यवहारिक, मूर्त रुप दिने काम गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु । देशमा परिवर्तन ल्याउन, सकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रुपहरुमध्ये उच्चतम रुमपा पुर्याउनका लागि यो पार्टी बनेको हो', प्रधानमन्त्री ओलीले भन्नुभयो ।
जनताले सजिलोसँग बाँच्न पाउनुपर्ने एमालेको मुख्य एजेण्डा रहेको पनि उहाँले सुनाउनुभयो ।
टिप्पणीहरू