ठाकुरको नाममा भूतपूर्व कर्मचारीहरु सहमत
नेपाल राष्ट्र बैंक पूर्वकर्मचारी संघले नयाँ नेतृत्व छनौट गरेको छ । केन्द्रीय समितिको हिजो आयोजित २३ औं वार्षिक साधारण सभाले पूर्वकार्यकारी निर्देशक अश्विनीकुमार ठाकुरलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
ठाकुर सर्वसम्मतिबाट चयन भएको संघले जनाएको छ । यसअघि महासचिव रहेका भोलानाथ प्रेमी र ठाकुरबीच अध्यक्षमा उम्मेदवारी परेको थियो । अन्तिम क्षणमा ठाकुरलाई अध्यक्ष र प्रेमीलाई उपाध्यक्षमा चयन गर्ने सहमति भएपछि नेतृत्व चयनमा परेको गाँठो फुकेको बताइन्छ ।
झण्डै दुई हजार सदस्य रहेको संघमा नवराज फुयाँल, शिवकृष्ण महर्जन, कमलप्रसाद ज्ञवाली, दीपकबहादुर खड्का, वसन्ती श्रेष्ठ, टीकाप्रसाद उपाध्याय, गौरीशंकर श्रेष्ठ, प्रमोदप्रसाद नेपाल, कृष्णहरि पुडासैनी र बाबुराम आचार्य छानिएका छन् । कार्यसमितिको बैठकले ती सदस्यबाट महासचिवलगायत अन्य पदाधिकारी चयन गर्ने छ ।
टिप्पणीहरू