निकिता प्रकरणमा भरत जंगम पक्राउ
काठमाडौँस्थित साई स्वागत सहकारीको रकम अपचलन प्रकरणमा भरत जंगम पक्राउ परेका छन् । उनलाई काठमाडौँ प्रहरी परिसरले नियन्त्रणमा लिएको जनाइएको छ ।
सहकारीको रकम अपचलन सम्बन्धमा सोधपुछ गर्न जंगमलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले पुष्टी गरे । उनले भने, ‘सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ ।’
उक्त सहकारीको रकम अपचलनमा रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलको नाम मुछिएको छ । आज कास्की जिल्ला अदालतमा दायर मुद्दामा उनलाई प्रतिवादी बनाइएको छ । निकिताको सम्पति जफत गर्ने प्रयोजनले प्रतिवादी बनाइएको जिल्ला सरकारी वकीलको कार्यालय, कास्कीले जनाएको छ ।
टिप्पणीहरू