फरार एमाले वडाध्यक्ष पक्राउ

फरार एमाले वडाध्यक्ष पक्राउ
सुन्नुहोस्

हरियाली बचत तथा ऋण सहकारीको रकम अपचलनको आरोपमा चन्द्रागिरी नगरपालिका– १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । ठमेलमा कार्यालय रहेको उक्त सहकारीको कोषाध्यक्ष महर्जनलाई प्रहरी वृत्त सोह्रखुट्टेले बबरमहलबाट नियन्त्रणमा लिएको जनाएको छ । 

महर्जनलाई काठमाडौँ प्रहरी परिसर लगिएको छ । २०७९ सालको निर्वाचनमा एमालेबाट निर्वाचित महर्जनमाथि सहकारीको पैसा हिनामिना गरेको आरोप छ । काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए ।

टिप्पणीहरू