अढाई सय तिराउन अदालत पुर्याइयो
जालसाजी मुद्दामा झण्डै एक दशकदेखि फरार टीकाबहादुर दरै पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका–१०, फराकचौरका ५४ वर्षीय उनलाई प्रहरीले आज नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले उनकै घर ठेगानामा लुकिछिपी बस्दै आएको अवस्थामा फेला पारेको हो ।
तनहुँ जिल्ला अदालतले दरैलाई २०७२ वैशाख ३० गते जालसाजी मुद्दामा दोषी ठहर गरेर दुई सय ५० रुपैयाँ जरिवाना तोकेको थियो । फैसलालगत्तै फरार उनलाई जरिवाना तिराउन अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू