चौधरी खलकविरुद्ध छिट्टै मुद्दा दायर गरिँदै

चौधरी खलकविरुद्ध छिट्टै मुद्दा दायर गरिँदै
सुन्नुहोस्

तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा तानिएका विनोद चौधरीलगायतविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको छ । सरकारी जग्गा हडपेको आरोपमा विनोद चौधरीका दाजुभाइसहित चौधरी ग्रुपद्वारा सञ्चालित चाँदबाग स्कूलका सञ्चालक सञ्जय ठाकुर,बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई सिआइबीले गत वर्ष पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौंको आदेशमा उनीहरु जमानतमा छुटेका थिए । सिआइबीबाट महान्यायाधिवक्ताको कार्यालय पुगेको उक्त मुद्दामा विनोद, अरुणलगायत धेरै जनालाई प्रतिवादी बनाइएको स्रोतको दाबी छ । काठमाडौं जिल्ला अदालतका कनिष्ठ न्यायाधीश यज्ञप्रसाद आचार्यले दुई दिनभित्र ‘फास्ट ट्र्याक’ मा मुद्दा अघि बढाउन आदेश दिएलगत्तै उनलाई सरुवा गरेर मुगु पुर्याइएको थियो । 

यता,महान्यायाधिवक्ताको कार्यालय स्रोतले सिआइबीले जग्गा फिर्ता गरेको आधारमा मुद्दा नचलाउने आशयको सिफारिस गरेको तर अब मुद्दा अघि बढ्ने तयारी भएको दावी गरेको छ । स्रोत भन्छ, ‘मुद्दा जान्छ । महान्यायाधिवक्ता रमेश बडाल मुद्दा रोक्ने पक्षमा हुनुहुन्न ।’ 

तर,सिआइबी स्रोतले भने महान्यायाधिवक्ता कार्यालयको दावीलाई ‘असत्य’ भनेको छ । गत वर्ष सिआइबीको अनुसन्धानपछि बाँसबारीको १० रोपनी जग्गा नेपाल सरकारको नाममा आएसङ्गै चौधरीले दुषित कागज बदरको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए । तर अदालतबाट त्यसमा अन्तरिम आदेश भएन । सरकारी जग्गा फिर्ता भइसकेकाले ठगी र किर्ते नभएको चौधरीको दावी छ ।

गत वर्ष सिआइबीको अनुसन्धानपछि बाँसबारीको १० रोपनी जग्गा नेपाल सरकारको नाममा आएसङ्गै चौधरीले दुषित कागज बदरको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए । तर अदालतबाट त्यसमा अन्तरिम आदेश भएन । सरकारी जग्गा फिर्ता भइसकेकाले ठगी र किर्ते नभएको चौधरीको दावी छ ।

त्यसपछि सिआइबीले उक्त जग्गा प्रकरणबारे महान्यायाधिवक्ता कार्यालयमा मुद्दाको अवस्था जानकारी पाउन पत्राचार गरेको देखिन्छ । यसबीच चाँदबागका भित्री हर्ताकर्ता विनोद भए पनि अरुण,सञ्जय ठाकुरहरुलाई सिआइबीले बोलाएर सोधपुछ गरेको बुझिएको छ । तर उनीहरुले ‘अदालतमा भएको मुद्दा फिर्ता नलिने अडान दोहोर्याए । कम्पनीको लिगल मान्छे भनेर चौधरीहरुले पनि सञ्जयलाई नै सबै जिम्मा दिएको पाइयो । उनै ठाकुरले विचाराधीन मुद्दा फिर्ता लिन्न भन्दै अदालतले जे भने पनि मान्छु’ भन्ने अडान राखेको स्रोतको दावी छ । 

यता प्रहरीलाई ठगीको मुद्दा एक वर्षभित्र टुंगो लगाउनैपर्ने कानुनी बाध्यता भएकाले ठाकुरविरुद्ध जग्गा प्राप्ती प्रयोजनार्थ मुद्दा चलाउन सिफारिस गरिएको बुझिएको छ । आगामी माघ ९ गतेभित्र उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने कानुनी बाध्यता छ । 

यसवीच रिट फिर्ता लिएर ठाकुरले फिर्ताको निस्सा सरकारी वकिलको कार्यालयमा बुझाएको अवस्थामा भने मुद्दा दायर नहुन पनि सक्छ । तर, १५ दिनअघि नै मुद्दा चल्नेगरी सिफारिस पठाइएको सिआइबीको दावी छ । कानुनतः आफैँले हालेको मुद्दा फिर्ता लिएमा मुद्दा अघि बढ्दैन । तर फौजदारी मुद्दा सरकार र कुनै पनि सरकारी निकायले फिर्ता लिन सक्दैनन् ।

चौधरीले २०४३ भदौ १० गते च्याम्पियन फुटवेयर लिमिटेड नामक कम्पनीका नाममा उक्त जग्गा लिएका थिए । कारखानाको नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गाबाट १० रोपनीको हक हस्तान्तरण गरी च्याम्पियन फुटवेयरको जारी पुँजी ५० लाख रहेकोमा २५ प्रतिशत सेयर लिने गरी तत्कालीन सञ्चालक समितिले निर्णय गरेको थियो ।

कारखानाले १२ लाख ५० हजार लगानी गर्नुपर्नेमा २६ लाख २७८ लगानी गरेर सरकारलाई नोक्सान पुर्याएको सिआइबीको अनुसन्धानबाट देखिन आएको छ । यसबाट साविक मुलुकी ऐन २०२० को किर्ते कागज र ठगीको महललाई निरन्तरता दिएको,मुलुकी अपराध संहिता २०७४ को दफा २४९ र २७६ बमोजिमको कसूर गरेको खुलेको छ ।

यो पनि..

बाँसबारी जग्गा काण्डमा अरु पनि समातिने सीआईबीको संकेत

 

टिप्पणीहरू