एमाले अखिलका सचिवमाथि ताइवानमा यौन दुर्व्यवहार गरेको आरोप

एमाले अखिलका सचिवमाथि ताइवानमा यौन दुर्व्यवहार गरेको आरोप

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अश्लिल काण्ड मच्चाउने पार्टीकै नेताहरुलाई दुई महिनाअघिको सचिवालय बैठकमा भन्नुभएको थियो, ‘राजनीति र मोजमस्ती एकै ठाउँमा हुँदैन, मोजमस्ती गर्ने भए बाटो खुल्ला छ ।’

प्रधानमन्त्री ओलीले त्यतिबेला विवादमा तानिएका महेश बस्नेत, सुनिता बराल, ऐन महर, गुलाबजंग शाहलगायतलाई ट्रयाकमा ल्याउन त्यसो भनेको एमाले नेताहरु बताउँछन् । तर प्रधानमन्त्री ओलीले नेता तथा कार्यकर्तालाई सचेत गराएको तीन महिना नबित्दै अर्का नेतामाथि यौन दुुर्व्यहारको आरोप लागेको छ । 

अनेरास्ववियुका केन्द्रीय सचिवसमेत रहेका नेपाल स्काउटका केन्द्रीय आयुक्त आर्शिवाद सुवेदीमाथि एक विदेशी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको हो । प्रमुख स्काउट तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उनलाई आयुक्तबाट पदमुक्त गरिसकेका छन् । 

गत कात्तिक पहिलो साता ताइवानमा आयोजित स्काउटको एसिया प्यासाफिक क्षेत्रीय कार्यशाला अन्य ११ देशका प्रतिनिधिसँगै नेपालबाट सुवेदी गएका थिए । कार्यक्रममा सुवेदीले जानाजान एक विदेशी महिलाको गोप्य अंगहरु छोएको भन्दै विश्व स्काउटको प्रशान्त क्षेत्रीय कार्यालयमा उजुरी परेको थियो । लगत्तै नेपाल स्काउटको प्रधान कार्यालयलाई सुवेदीमाथि छानबिन गर्न पत्र आएकोमा उनले चित्तबुझ्दो जवाफ दिन नसकेको बताइन्छ । 

स्काउटको प्रशान्त क्षेत्रीय कार्यालयले नै सुवेदीबाट सजग रहन निर्देशन दिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो । सुवेदीले नेपाल स्काउट ऐन, ०५० को दफा १८ को देहाय २ (क) र ऐ. नियमावलीको नियम २९ बमोजिमको स्काउट आचारसंहित उल्लंघन गरेको खेलकुद मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू