भुम्लुमा ८१ वर्षीय बृद्धको घरबाट सुनसहित नगद चोरी

भुम्लुमा ८१ वर्षीय बृद्धको घरबाट सुनसहित नगद चोरी
सुन्नुहोस्

काभ्रेको भुम्लु गाउँपालिकामा दुई स्थानीयको घर चोरी भएको छ ।

भुम्लु  गाउँपालिका -२, सिम्थलीस्थित न्यौपाने टोलका ३५ वर्षीय काइँला लामा र ८१ वर्षीय च्याङ्बा लामाको घरमा चोरी भएको हो । आज बिहान ३ बजे पाँच जनाको अपरिचित समूहले लामाको घरमा चोरी गरेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रहरी निरीक्षक हरेराम नेपालका अनुसार ३५ वर्षीय काइँला लामाको घरबाट दुई वटा खुकुरी,दुई वटा कुखुरा ,तीन हजार रुपैयाँ र पुरानो सिक्का चोरी भएको छ भने ८१ वर्षीय च्याङ्बा तामाङको घरबाट ४ वटा चाँदीको बाला,एउटा सुनको तिलहरी  र नगद  ९ हजार रुपैयाँ चोरी भएको छ ।

'खबर पाएलगत्तै  घटस्थलमा म आफै पुगेको थिएँ । ५ जनाको अपरिचित समूह बाइकमा आएर चोरी गरेको भन्ने छ,'निरीक्षक नेपालले जनआस्थासँग भने,'हामीले अनुसन्धान गरिरहेका छौँ ।'

टिप्पणीहरू