'धोती भनेर हेप्न पाईंदैन' भन्दै सिकेको टोली सडकमा

'धोती भनेर हेप्न पाईंदैन' भन्दै सिकेको टोली सडकमा
सुन्नुहोस्

सिके राउत नेतृत्वको जनमत पार्टीले धोती दिवस मनाएको छ । आज माइतीघर मण्डलामा भेला भई सो पार्टीका नेता-कार्यकर्ताले विशेष कार्यक्रमसहित 'राष्ट्रिय धोती दिवस' मनाएका हुन् । 

मण्डलाको विस्तारित सडक खण्डमा मध्याह्नदेखि शुरु भएको कार्यक्रममा जनमतका अध्यक्ष डाक्टर चन्द्रकान्त (सिके) राउत, उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य अबदुल खान, प्रवक्ता डा. सरदसिंह यादव , विद्यार्थी जनमत संघका अध्यक्ष पोषण यादव, युवा जनमत संक संयोजक सञ्जयकुमार यादवलगायत तीन दर्जनजति उपस्थित थिए ।

'मधेसी एकता जिन्दावाद', 'धोती भैया भनेर हेप्न पाइँदैन', 'धोती हाम्रो सान हो,मधेसीको पहिचान हो', 'धोती हाम्रो राष्ट्रिय पोशाक हो' लेखिएका प्लेकार्ड कार्यक्रममा प्रदर्शन गरियो ।

काठमाडौँलगायत पहाडी क्षेत्रमा 'टोपी दिवस' मनाइने दिन पारेर जनमतले विगत दुई वर्षयता जनवरी १ तारिकमा 'धोती दिवस' मनाउन थालेको हो ।

टिप्पणीहरू