जिल्लाका सबै पालिकामा माओवादीको नयाँ नेतृत्व

जिल्लाका सबै पालिकामा माओवादीको नयाँ नेतृत्व
सुन्नुहोस्

नेकपा (माओवादी केन्द्र) रुकुमपश्चिमले जिल्लाका छ वटै पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाको मुसीकोट नगरपालिका, सानीभेरी गाउँपालिका, त्रिवेणी गउँपालिका र बाँफिकोट गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ । आठबिसकोट र चौरजहारी नगरपालिकामा मतदानबाट नेतृत्व छानिएको जनाइएको छ ।

नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमका जिल्ला संयोजक गोविन्द रोकाका अनुसार मुसिकोटमा भएको तेस्रो सम्मेलनले दलबहादुर खड्काको नेतृत्वमा नयाँ नगर कमिटी चयन गरेको छ । उपाध्यक्षमा दिपक केसी, धनबहादुर खड्का, चम्फा परियार, सचिवमा नारायण केसी, सहसचिवमा चन्द्रबहादुर केसी र कोषाध्यक्ष कमला बूढा भएका छन् ।  

सानीभेरीमा धर्मबहादुर पुनको अध्यक्षतामा नयाँ कमिटी चयन भएको छ । उपाध्यक्षमा इन्दिरा ओली, दिपक बाँठा र बिरसिं बिक, सचिवमा बालकृष्ण बिक, सहसचिवमा बालकुमार नकाल र कोषाध्यक्षमा चक्र केसी चयन भएका छन् । उता, त्रिवेणी गाउँपालिकामा मोहन किशोर ओलीको अध्यक्षतामा गाउँ कमिटी सर्वसम्मत चयन भएको छ । कमिटीको उपाध्यक्षमा चन्द्रबहादुर खड्का, राजेन्द्र पुन र रणबहादुर पुन, सचिवमा वीरबहादुर डाँगी, सहसचिव लक्ष्मण बिक र कोषाध्यक्षमा निर्मला बुढाथोकी छानिएका छन् । 

त्यसैगरी बाँफिकोट गाउँपालिकामा दक्ष पुनको अध्यक्षमा नयाँ पालिका कमिटी चयन गरिएको छ । जसको उपाध्यक्षमा शौरभ केसी, मनकला पुन र हरि विक, सचिवमा तुल देवकोटा, सहसचिव जयबहादुर मल्ल र कोषाध्यक्षमा देउसरा केसी छानिएको माओवादी केन्द्रले जनाएको छ ।

आठबिसकोटमा मतदान मार्फत् मनिराज बटालाको अध्यक्षतामा नेतृत्व चयन भएको छ । त्यहाँ अध्यक्ष, उपाध्यक्ष र सहसचिव पदका लागि निर्वाचन भएको थियो । उपाध्यक्षमा खुम्बे कुसारी, सीता शाह र टेकबहादुर थापा विजयी भएका छन् भने सहसचिवमा खुमराज ओली विजयी भएका छन् । सचिवमा दलजित विक र कोषाध्यक्षमा रुपा विक निर्विरोध निर्वाचित भएको जनाइएको छ ।  

चौरजहारी नगर कमिटीको अध्यक्ष र सचिवमा पनि मतदानमार्फत नेतृत्व छानिएको हो । अध्यक्षमा सुन्दर शर्मा र सचिवमा अर्जुन कुमाल निर्वाचित भएका छन् । नगर कमिटीको अन्य पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा महेश स्वर्णकार, पवित्रा गिरी र लोकेन्द्र परियार चयन, सहसचिवमा समीर केसी र कोषाध्यक्षमा लोकेन्द्र देवकोटा चयन भएका हुन् ।

टिप्पणीहरू