चार दर्जन पूर्वमाओवादीले छाडे एमाले
नेकपा एमालेका झण्डै चार दर्जन सदस्यले पार्टी परित्यागको घोषणा गरेका छन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’ टुक्रिएपछि पनि एमालेमै बसेका ४६ सदस्यले पार्टी छोडेका हुन् ।
माओवादीका समर्थक उनीहरुले नेकपा फुटेपछि एमालेमै बस्ने निर्णय गरेका थिए । माओवादी छोडेर एमाले भइसक्दा पनि अपमानित व्यवहारबाट छुटकारा पाउन नसकेको उनीहरुको गुनासो छ । पूर्वमाओवादी भनेर अपहेलना गरिएको उल्लेख गर्दै उनीहरुले अपमान सहेर बस्न नसकिने बताएका छन् । गत पुस ११ गते उनीहरुले गोदावरी नगर कमिटीका नगर अध्यक्षसमक्ष संयुक्त राजीनामा पत्र बुझाएका हुन् ।
एमाले भएर बस्दा पनि हामीले पटकपटक अपमानित हुनुपर्ने, राजनीतिको रुपमा पूर्वमाओवादी भनेर अपहेलित हुनुपर्ने, मूल नेतृत्वकै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्पराभित्र अब बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगेकै हो
‘हामी माओवादी स्कुलिङबाट नेकपामा रहेका यहाँका अधिकांश कमरेडहरुले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीको लाइनलाई समर्थन गर्यौं । उहाँको बचाउ र पक्षमा सडकसम्म बहस मात्रै होइन कि अदालतले एमाले र माओवादी अलग–अलग बनाइदिएपछि पनि एमालेमै बस्यौं । यद्यपि,अहिलेको एमाले नेकपाकै निरन्तरता हो भन्ने हाम्रो बुझाइ हो’,पत्रमा भनिएको छ,‘तर, यहाँभित्र एमाले भएर बस्दा पनि हामीले पटकपटक अपमानित हुनुपर्ने, राजनीतिको रुपमा पूर्वमाओवादी भनेर अपहेलित हुनुपर्ने, मूल नेतृत्वकै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्पराभित्र अब बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगेकै हो ।’
एमाले महासचिव शंकर पोखरेल र अन्य केही नेताले जनयुद्धमाथि लगातार प्रहार गरेकोप्रति पनि उनीहरुको चित्त दुखाईरहेको छ । पार्टी छोड्नेमा नगर कमिटी सदस्य कल्पनाकुमारी बिक, सचिवालय सदस्य रुपलाल विक,संगठित सदस्य हरिकला विक, पदमा विक, जीतबहादुर लुहार, देवी कामी, शान्ति कामी, धनसरा कामी, आरती सुनार, भगरती विक, ठगुनी कामी, देवी विक, जमुना नेपाली, इन्द्रा नेपाल, राजु नेपाल, पार्वती नेपाली, अमृता विक रहेका छन् ।
त्यसैगरी, संगठित सदस्यमा विष्नाकुमारी टमटा, मनु टमटा, सपना विक, माया कोली, चन्द्र विक, माया विक, तारा विक, जैमा विक, ईश्वरी कोली, उत्तरी कोली, धनसरी कोली, सेतु दमाई, सीता दमाई, रेखा आउजी, कमला कामी, कुन्ती विक, सारदा विक, वसन्ती विक, महेश्वरी कामी, सुशिला नेपाली, राम नेपाली, डबल नेपाली, पुष्पा नेपाली, हेमबहादुर विक, खेमबहादुर विक, नारु कामी, धउली कामी, यज्ञ विक, फगी कामीलगायतले राजीनामा दिएका छन् ।
टिप्पणीहरू