वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विशेष अभिमुखीकरण तालिम

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विशेष अभिमुखीकरण तालिम
सुन्नुहोस्

वैदेशिक रोजगारीमा जानुपूर्व श्रमिकलाई प्रदान गरिने अभिमुखीकरण तालिम अब देशगत रुपमा दिइने भएको छ । वैदेशिक रोजगार विभागले तालिम प्रदायक संस्थाहरुलाई देशगत रुपमा तालिम सञ्चालन गर्न निर्देशन दिएको छ ।

विभागले आउँदो माघ १ गतेदेखि अभिमुखीकरण तालिमलाई देशगत समूह कलस्टरअनुसार सञ्चालन गर्न भनेको छ । ‘विभागसमक्ष आवेदन पेश भई देशगत रुपमा कलस्टर छनौट भइसकेका सूचीकृत संस्थाहरुले तोकिएको कलस्टरबमोजिम हुने गरी २०८१–१०–०१ गतेबाट तालिम सञ्चालनको प्रबन्ध मिलाउनू,’ परिपत्रमा भनिएको छ ।

विभागले यसअघि आवेदन नदिएका वा अन्य कुनै कारणले कलस्टर छनौट हुन छुटेका सूचीकृत संस्थालाई आइतबारसम्म आफुले सञ्चालन गर्न चाहेको तालिमको देशगत समूह कलस्टर, सोसम्बन्धी पूर्वाधार र प्रशिक्षकको योग्यता विवरण समेत खुलाइ आवेदन दिन पनि आग्रह गरेको छ । यसरी आवेदन दिएपछि छनौट हुने संस्थाले निर्धारित मितिबाटै देशगत समूह कलस्टरअनुसार तालिम सञ्चालन गर्नुपर्ने छ ।

टिप्पणीहरू