सरकारको कामप्रति मन्त्री नै असन्तुष्ट

सरकारको कामप्रति मन्त्री नै असन्तुष्ट

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकाको कामप्रति मन्त्रीहरु नै असन्तुष्ट देखिएका छन् । नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गरेका हुन् । 

काँग्रेसको प्रतिनिधित्व गरेर सरकारमा सामेल मन्त्रीहरुको छ महिने कार्य प्रगति विवरणबारे जानकारी लिन सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा मन्त्रीहरुले सोचेजस्तो काम गर्न नसकिएको ब्रिफिङ गरेका छन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयले सोचेअनुसारको काममा  तीब्रता दिन नसकेको बताए । 

छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरुले सुझाव दिएको उनले जानकारी दिए । 'के राम्रा काम भए, कसरी प्रभावकारी बनाउने, कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने काम भएको छ', मन्त्री चौधरीले भने, 'मन्त्रालयको ब्रिफिङ भएको छ । उहाँहरुले सुझाव पनि दिनुभएको छ ।’

प्रतिनिधिसभाका दुई ठूला दल मिलेर बनेको दुई तिहाईको सरकारको काम कारबाहीप्रति आमरुपमा प्रश्न उठिरहेका बेला देउवाले आफ्ना मन्त्रीहरुको प्रगति विवरणबारे जानकारी लिएका हुन् ।

टिप्पणीहरू