समाजवादी प्रेस संगठनको कार्यवाहक अध्यक्षमा नवराज छत्कुली

समाजवादी प्रेस संगठनको कार्यवाहक अध्यक्षमा नवराज छत्कुली

समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । संगठनको हिजो बसेको पदाधिकारी बैठकले उनलाई कार्यवाहक अध्यक्ष बनाउने निर्णय गरेको हो । 

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, पोलिटब्युुरो सदस्य तथा विभाग उपप्रमुख दामोदर अर्याल, केन्द्रीय सदस्य चमिना भट्टराई, संगठनका संस्थापक अध्यक्ष शम्भु श्रेष्ठलगायतको उपस्थितिमा भएको बैठकले अध्यक्ष विश्वमणि सुवेदी, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारीलाई शुक्रबार गरेको कारबाहीलाई अनुमोदन गरेको छ । 

बैठकले आगामी फागुन ६ र ७ गते संगठनको केन्द्रीय कमिटी बैठकका साथै राष्ट्रिय भेलाको आह्वान गरेको छ । पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख ज्वालाले  संस्थालाई थप गतिशील बनाउन सङ्गठन शुद्धीकरण अभियान र उच्च मनोबलका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

टिप्पणीहरू