प्रधानमन्त्रीको फोन पर्खदै वामदेव, कार्यकर्तालाई स्ट्याण्डबाइ रहन सूचना
नेकपा एमालेमा मिसिने अन्तिम तयारीमा रहेका वामपन्थी नेता वामदेव गौतमले आफू निकटहरुलाई सम्पर्कमा रहिरहन खबर पठाएका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि बेला फोन गरेर बोलाउन सक्ने भन्दै उनले कार्यकर्तालाई स्ट्यान्डबाइ रहन भनेका हुन् ।
काठमाडौँ उपत्यकामा उपलब्ध सबै नेता-कार्यकर्तालाई जुनसुकै बेला ‘एमाले प्रवेश कार्यक्रम’मा सहभागी हुनपर्ने भएकाले तयारी हालतमा रहन गौतमले खबर पठाएको बताइएको छ । हिजो बिहानको फोनवार्तामा ओलीले एमालेमा आएर सम्माजनक तरिकाले बस्ने र काम गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेपछि पुरानै घर फर्कन उनी तयार भएर बसेका छन् । अहिले प्रधानमन्त्री ओलीको फोनको पर्खाइमा रहेको उनीनिकट नेता डिबी कार्कीले जानकारी दिए।
‘उहाँ उपत्यकाबाहिर हुनुहुँदो रहेछ,साँझसम्म आइपुग्ने कुरा छ,उहाँ आएपछि औपचारिक घोषणाको टुंगो लगाउँछौँ ।’
उनका अनुसार आज वा भोलि पार्टी समायोजनको औपचारिक घोषणा हुने सम्भावना छ । ‘वामदेव कमरेड र प्रधानमन्त्रीज्यूलाई एक ठाउँमा ल्याउन एमाले उपमहासचिव प्रदिप ज्ञवालीले महत्वपूर्ण भूमिका खेल्नुभएको छ’, कार्कीले जनआस्थासँग भने, ‘उहाँ उपत्यकाबाहिर हुनुहुँदो रहेछ,साँझसम्म आइपुग्ने कुरा छ,उहाँ आएपछि औपचारिक घोषणाको टुंगो लगाउँछौँ ।’
एमालेमा गौतमलाई कुन पद दिने भन्नेबारे चाहिँ तय भइनसकेको कार्कीले बताए । ‘पहिले पार्टी प्रवेश हुन्छ, त्यसपछि विस्तारै छलफल गरेर कुन नेतालाई कुन जिम्मेवारी दिने भन्ने निर्णय हुन्छ । प्रधानमन्त्रीज्यूले आफै पनि हार्दिकतापूर्ण तरिकाले जिम्मेवारी दिन्छु भन्नुभएको छ’, उनले थपे।
टिप्पणीहरू