निवासबाट सुरुङ 'ब्रेक थ्रु' गर्दै प्रधानमन्त्रीद्वारा सम्मृद्धिको यात्रामा लम्किएको दावी

निवासबाट सुरुङ 'ब्रेक थ्रु' गर्दै प्रधानमन्त्रीद्वारा सम्मृद्धिको यात्रामा लम्किएको दावी
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक सम्मृद्धिको यात्रामा लम्किएको बताउनुभएको छ । बालुवाटारबाट भर्चुअली सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ 'ब्रेक थ्रु' गर्दै उहाँले त्यस्तो धरणा राख्नुभएको हो । 

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको एक किलोमिटर १२६ मिटर सुरुङमार्गको ब्रेक थ्रुका लागि ओली आयोजनास्थलमै पुग्ने कार्यक्रम थियो । तर, स्वास्थ्य समस्याका कारण उहाँ सरकारी निवास बालुवाटारमा आयोजित भर्चुअल कार्यक्रममा सामेल हुनुभएको हो । 

त्यसक्रममा उहाँले अब नागरिकले पहिरो र दुर्घटनाको त्रासमा यात्रा गर्नुपर्ने दिन सक्किएको पनि दावी गर्नुभयो । ‘सुरुङमार्ग ब्रेक थ्रु हुनु सिङ्गै देशको खुसीको कुरा हो’, प्रधानमन्त्रीले भन्नुभयो, ‘अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन, हामीले यसलाई अझ सुगम बनाउनुछ ।’

थानकोट–नागढुङ्गा सुरुङमार्गको प्रसंग कोट्याउँदै उहाँले मुलुकमा शीघ्र विकास भइरहेको दावी गर्नुभयो । कार्यक्रममा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वधार मन्त्री देवेन्द्र दाहाल, नेपालका लागि चिनियाँ राजदूत छेन सोङलगायतको भौतिक उपस्थिति थियो ।

टिप्पणीहरू