सुशासन यस्तैलाई भन्नुपर्ने हो र सरकार ?

सुशासन यस्तैलाई भन्नुपर्ने हो र सरकार ?

काँग्रेस महामन्त्री गगन थापाको सिफारिसमा स्वास्थ्यमन्त्री बनेका प्रदीप पौडेलको सचिवालय अस्तव्यस्त रहेको पाइएको छ । मन्त्रीको निजी सचिवालयतिरका एक व्यक्तिले मज्जैसँग उठतीपुठ्ती धन्दा चलाउन खोजेको एकजना कांग्रेस नेताले दावी गरेका छन् । 

स्वास्थ्यमन्त्री प्रदीपको सचिवालयका ती कर्मचारीको नाम लिँदै यही साता सिंहदरबारस्थित एक क्यान्टिनमा काँग्रेसका एकजना केन्द्रीय सदस्य कार्यकर्तालाई भन्दै थिए, 'मन्त्रीलाई भन्नु भन्दा गगन थापालाई भन्यो भने काम हुन्छ,तर गगन दाइको फोन उठ्दैन ।' 

कांग्रेस प्रचार विभागको सदस्य रहेका एक व्यक्तिले प्रदीपलाई भेट्न बिहानदेखि बेलुकासम्म कुर्नुपरेको दुखेसो पनि एकअर्काबीच साटासाट गर्दै थिए । स्वास्थ्यमन्त्रीको सचिवालयमा सूर्य रेग्मी स्वकीय सचिव भए पनि अन्य पाँच जनाले समेत आफूलाई 'स्वकीय' का रुपमा चिनाउँदै हिँडेको बताइन्छ । स्वकीयको भूमिका मन्त्रीको निजी सहयोगीका रुपमा रहने भए पनि यिनीहरु भने मन्त्रालयको काममा हस्तक्षेप गर्दै कुदाकुद गरिरहेका हुन्छन् ।  

देशभरबाट आएका कांग्रेस कार्यकर्तालाई मन्त्रालयसँग सम्बन्धित काममा सहजीकरण गर्नुपर्नेमा उनीहरुको ध्यान भने अन्यत्र रहेको अनुभव ती कांग्रेस केन्द्रीय सदस्यको छ । अन्य मन्त्रीका पिए र सल्लाहकार जस्तै यिनीहरु पनि आफ्नो व्यक्तिगत स्वार्थमा केन्द्रित रहेको आरोप छ । 

नख्खु कारागारभित्र रहेको मनोसामाजिक अपाङ्ग बन्दी अस्पतालमा महिला बन्दी नभएको अवस्थामा समेत मन्त्रालयले स्त्रीरोग विशेषज्ञ (गाइनो) पठाएपछि यस्तो भनिएको हो ।

कर्मचारीतिरका सहायक निजी सचिव विश्वबन्धु रेग्मीको विषयमा पनि कांग्रेसपंक्ति सन्तुष्ट छैन । उनलाई उक्त पदमा नराख्न मन्त्रीलाई कतिपयले सल्लाह दिएको अवस्था पनि छ । 

यसैबीच स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित एउटा निर्णयले बेथितिलाई मलजल गरेको टिप्पणी भैरहेको छ । नख्खु कारागारभित्र रहेको मनोसामाजिक अपाङ्ग बन्दी अस्पतालमा महिला बन्दी नभएको अवस्थामा समेत मन्त्रालयले स्त्रीरोग विशेषज्ञ (गाइनो) पठाएपछि यस्तो भनिएको हो । साइकियाटिक चिकित्सकको दरबन्दी रहेको त्यहाँ गाइनो विशेषज्ञ अनामिका कर्णलाई लगिएको छ । यसअघि उनी जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा थिइन् । यहाँ महिला बन्दी राख्ने छुट्टै ब्लक छ ।  

यता, गृह मन्त्रालयको सहमति बिनै स्वास्थ्य मन्त्रालयले नविन लेखकलाई कारागार विभागअन्तर्गत पर्ने नख्खु अस्पतालमा पठाएको छ । गृहमन्त्री रमेश लेखकको भतिजो पर्ने उपसचिव तहका चिकित्सक उनी गृहमन्त्रीको पुर्खौली घर बैतडी ठेगाना भएका व्यक्ति हुन् । 

काठमाडौँबाट चुनाव जितेर पहिलोचोटि संसदमा पुगेका प्रदीप पौडेल कांग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा पराजित भएका थिए । तर, आफूलाई महामन्त्रीमा हराएका गगन थापाकै कोटाबाट मन्त्री बनेका छन् ।

टिप्पणीहरू