राष्ट्रिय गौरवका आयोजनाबारे माओवादीको छलफल

राष्ट्रिय गौरवका आयोजनाबारे माओवादीको छलफल

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय गौरवका आयोजनाबारे संघीय सांसद र विज्ञहरूसँग छलफल गरेको छ । 

माओवादीको अर्थ तथा योजना विभागले काठमाडौँमा आयोजना गरेको छलफलमा पार्टीका सांसद, नेता, पत्रकार, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष लगायत सहभागी छन् । कार्यक्रममा विज्ञहरुले छुट्टाछुट्टै प्रस्तुतीकरण दिने बताइएको छ । 

पत्रारकारद्वय हरिबहादुर थापा र मकर श्रेष्ठले खोज पत्रकारिताको निस्कर्ष र छलफल तथा इन्ष्टिच्युट फर गभर्नमेन्ट एण्ड पब्लिक अफेयर्स (आइजीपीए) ले ‘राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन स्थितिः प्रमुख निस्कर्ष र सुझावहरू’ विषयमा प्रस्तुति दिएका छन् । 

योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले ‘पूर्वाधार शासन र राष्ट्रिय गौरवका आयोजना : समस्या र सम्भावित समाधानहरूको पहिचान’ विषयमा प्रस्तुतीकरण दिएका छन् । यस्तै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ‘पूर्वाधार शासन र राजनीतिक दलः चुनौतीहरू र आगामी बाटो’ विषयमा विशेष सम्बोधन गर्ने जनाइएको छ ।

राष्ट्रिय गौरव र विकास आयोजनामा हुने भ्रष्टाचार नियन्त्रणमा खेल्नुपर्ने भूमिकाबारे संसद् र संसदबाहिर पार्टीको संस्थागत धारणा बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विभाग प्रमुखसमेत रहेका पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले जानकारी दिए  ।

टिप्पणीहरू