सत्तारुढ दलका नेताहरुलाई बालुवाटारबाट बोलावट
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरुलाई बालुवाटारमा आमन्त्रण गर्नुभएको छ । उहाँले बेलुकी सत्ता पक्षका राजनीतिक दलका नेताहरुसँग साँझ ५ बजे बैठक राख्नुभएको बताइएको छ ।
आजको बैठकमा शुक्रबारदेखि शुरु हुन लागेको संसदको हिउँदे अधिवेशन, यसअघि सरकारले जारी गरेका अध्यादेश, अधिवेशनमा प्रस्तुत हुने अन्य विधेयक, संसदीय समितिमा छलफलमा रहेका विधेयकलगायत समसामयिक राजनीतिका बारेमा कुराकानी हुने बुझिएको छ ।
हिउँदे अधिवेशनको पहिलो दिन संसद बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ ।
टिप्पणीहरू