बूढानीलकण्ठमा विप्लवको पसल

बूढानीलकण्ठमा विप्लवको पसल
सुन्नुहोस्

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंको बूढानीलकण्ठमा ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र महासचिव चन्दले आज संयुक्त रुपमा उद्घाटनपछि पसलको औपचारिक शुभारम्भ भएको छ । 

गत मंसिर अन्तिम साता कपिलवस्तुको शिवगढीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकले राजधानीमा व्यापारिक केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । व्यापार केन्द्र हाललाई बूढानीलकण्ठमा सीमित रहे पनि विस्तारै उपत्यकाका विभिन्न भागमा खोलिने प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए । उनका अनुसार अहिले व्यापार केन्द्रमा नेकपाले विभिन्न ठाउँमा उत्पादित धान, मकै, आलु, मह, तोरी, घिउ, टिमुरलगायत अर्गानिक उत्पादनहरु राखिएका छन् । 

नुवाकोटको ककनीमा नेकपा कार्यकर्ताले उत्पादन गरेको स्ट्रबेरीको मूल्य प्रतिकिलो सात सय रुपैयाँ तोकिएको छ । कपिलवस्तुमा उत्पादित सुकुटी  प्रतिकिलो एक हजार छ सय, जुम्लाको मार्सी चामल प्रतिकिलो २३० तोकिएको छ । 

यी हुन् सी व्यापार केन्द्रमा पाइने खाद्यान्न :

टिप्पणीहरू