पूर्व रास्ट्रपतिहरु राजनीतिमा आउन नहुने एमाले नेताको दावी
![पूर्व रास्ट्रपतिहरु राजनीतिमा आउन नहुने एमाले नेताको दावी](https://janaaastha.prixacdn.net/media/albums/pradip_gyawali_Zn9U7PclvF.jpg)
नेकपा (एमाले) का उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामान्य अवस्थामा पूर्व रास्ट्रपति,उप रास्ट्रपति जस्ता रास्ट्रका अभिभावकहरु सक्रिय राजनीतिमा फर्कन उचित नहुने बताउनु भएको छ ।
आज बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाले संवैधानिक रास्ट्राध्यक्षहरु एउटा पार्टी मात्र होइन देशकै अभिभावक भएको बताउनु भयो । असामान्य अवस्था भए बेग्लै कुरा नत्र सक्रिय राजनीतिमा आउनु उचित हुँदैन - ज्ञवालीले भन्नुभयो ।
अध्यक्षसङ्ग प्रतिस्पर्धा गर्ने गरी पूर्व रास्ट्रपति बिध्या भण्डारी राजनीतिमा आउन लागेको भनेर गरिएको प्रचारमा सत्यता नभएको उहाँले दावी गर्नुभयो ।
सामाजिक सन्जाल नियमन गर्ने प्रस्तावित विधेयकले स्वतन्त्रता हनन नहुने दावी गर्दै नेता ज्ञवालीले कमी कमजोरी भए संसदले हेर्ने बताउनुभयो ।
अस्थिरताको अन्त्यका लागि नेपाली काङ्ग्रेस,एमाले सहकार्य भएको भन्दै उहाँले आजै सरकार ढल्छ,भोलि ढल्छ भनेर अस्थिरता चाहनेहरुले सरकार ढाल्ने भ्रम चलाउने गरेको दावी गर्नुभयो ।
टिप्पणीहरू