राष्ट्रिय सभाको गणितले अध्यादेश अलपत्र

सरकारले ल्याएका अध्यादेशहरु आज संघीय संसद्मा निर्णयार्थ पेश नहुने भएको छ । राष्ट्रिय सभामा बहुमत नपुग्ने भएपछि अध्यादेश पेश गर्ने निर्णयबाट सरकार पछि हटेको हो ।
यसअघि संसद सचिवालयले दुवै सदनमा ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची तय गरेको थियो । तर, राष्ट्रिय सभाको अंकगणित र जसपा नेपालसँगको संवाद जारी रहेको भन्दै सरकारको आग्रहमा कार्यसूची फेरिएको हो ।
५९ सदस्यीय राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुको संख्या बराबर रहेको अवस्थामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका तीन सांसद निर्णायक बनेका छन् । सो पार्टीले अध्यादेशको पक्ष वा विपक्षमा उभिने निर्णय गरिसकेको छैन ।
संसद बस्नुअघि यादवले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर ‘मधेसको मुख्यमन्त्री दिएमा समर्थन गर्ने’ प्रस्ताव राखेको बताइएको छ ।
टिप्पणीहरू