सिंहदरबारमा लागेको आगो आधा घण्टामै नियन्त्रणमा

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो आधा घण्टामा नियन्त्रणमा आएको छ । मन्त्रालयको दोस्रो तल्लामा बिहान ९ बजे लागेको आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।
विद्युत् सर्ट भई आगो लागेको अनुमान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
टिप्पणीहरू