तीन महिनामा तीन टन गाँजा बरामद

सप्तरीको बोदेबर्साइन नगरपालिका–३ मा सात सय ११ केजी गाँजा बरामद गरिएको छ । भारततर्फ तस्करी गर्न लागेको अवस्थामा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
सवारी साधन चेकजाँच गर्ने क्रममा मध्यराति स्कारपियो गाडीमा राखिएको उक्त परिमाणको गाँजा फेला परेको हो । तर, चालकसहित तस्करहरु भागेको बताइन्छ । गाडी र गाँजा प्रहरीको नियन्त्रणमा छ ।
यसअघि पुसमा पनि सप्तरीमा छ सय ७० किलो गाँजा बरामद भएकोे थियो । मंसिरमा एक हजार ७ सय किलो गाँजा प्रहरीले फेला पारेको थियो ।
टिप्पणीहरू