आफ्नो अनियमितता छोप्न प्रधानमन्त्रीसामु प्रकट

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । अधिकारीले गुपचुप आफ्नो बढुवा प्रक्रिया अघि बढाएको छेको पारी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हिजो गरेको भेटघाटलाई अर्थपूर्ण ठानिएको छ ।
प्राधिकरणको आजको बोर्ड बैठकले ११ औं तहबाट तीन वर्षअघि महानिर्देशकमा नियुक्त उनलाई १२ औं तहमा उकाल्न लागेको पर्यटन मन्त्रालय स्रोतको दाबी छ । उनी २०७८ माघ १८ गते महानिर्देशकमा नियुक्त भएका थिए । त्यतिबेला आफूभन्दा एक तह माथिका अर्थात् १२ तहमा कार्यरत आधा दर्जन वरिष्ठ कर्मचारी हुँदाहुँदै अधिकारीले तत्कालिन मन्त्री र उनीसम्बध्द दललाई कुस्त कोशेली बुझाएर उक्त पद पड्काए का थिए । १२ औं तहका छ जनामध्ये पोखरा नागरिक उडड्यन कार्यालयकी प्रमुख नवीना कर्माचार्यले गत पुस ५ गते अनिवार्य अवकाश पाएपछि रिक्त उपमहानिर्देशक पद भए पनि खान महानिर्देशक कस्सिएका हुन् ।
हिजो राति बालुवाटार पुगेको टोलीमा इञ्जिनियर दीपेन्द्र श्रेष्ठ, एटीसी अफिसर तथा अधिकारीका स्वकीय सचिव नवीन अधिकारी, राष्ट्रिय गौरव आयोजनाका प्रमुख चाँदमाला श्रेष्ठ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौला र बाबुराम पौडेल थिए ।
सोही मेसोमा उनी प्राधिकरणको दलबलसहित प्रगति विवरण सुनाउने भन्दै प्रधानमन्त्री भेट्न पुगेका हुन् । हिजो राति बालुवाटार पुगेको टोलीमा इञ्जिनियर दीपेन्द्र श्रेष्ठ, एटीसी अफिसर तथा अधिकारीका स्वकीय सचिव नवीन अधिकारी, राष्ट्रिय गौरव आयोजनाका प्रमुख चाँदमाला श्रेष्ठ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौला र बाबुराम पौडेल थिए । कतिपयले अख्तियारले छानबिन अगाडि बढाएको सन्दर्भलाई रोक्न पनि अधिकारी प्रधानमन्त्री भेट्न गएको भनेका छन् ।
अर्काथरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द गरेपछिको कार्य प्रगति सुनाउने नाममा पोखरा र भैरहवा विमानस्थलको पछिल्लो अवस्था र आज हुने आफ्नो बढुवालाई प्रभावित पार्न महानिर्देशक बालुवाटार पुगेको अर्थ लगाएका हुन् ।
टिप्पणीहरू