‘मुलुक र लोकतन्त्र जोगाउन काँग्रेस–एमाले गठबन्धन’
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक र लोकतन्त्रको रक्षाको निम्ति नेपाली काँग्रेस र नेकपा एमालेसहितको गठबन्धन सरकार बनाउनुपरेको धारणा राख्नुभएको छ । दाङमा आयोजित एमालेको जनसभालाई सम्बोधन गर्दै मुलुकका मुख्य दुई शक्तिको नेतृत्वमा अन्य दलहरू मिलेर सरकार बनाउनुको तात्पर्य नै मुलुक र लोकतन्त्र रक्षा भएको उल्लेख गर्नुभयो ।
जसले जति कराए पनि सरकार नढल्ने उहाँको ठोकुवा छ । भन्नुभयो, ‘यो सरकार २०८४ सम्म रहन्छ । कसैले भन्दैमा ढल्दैन, हामीसँग स्पष्ट बहुमत छ । २०८४ सम्म काँग्रेस एमालेको नेतृत्वमा सरकारले निरन्तरता पाउने छ ।’
उहाँले दाङ र देउखुरी उपत्यकालाई जोड्न लागि सुरुङ मार्गको आफ्नो योजना पनि सुनाउनुभयो । भन्नुभयो, ‘त्यसका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने छ ।’
टिप्पणीहरू