जंगी अड्डामा नमूना जर्नेल

जंगी अड्डामा नमूना जर्नेल

जंगी अड्डामा हाल ३० बेसिकका सहायक रथी मानबहादुर महरा सैनिक सचिव छन् । सन्की अधिकृतको रूपमा परिचित महराले सिंहदरबारस्थित नारायण दल गण चलाउँदा चार जनाले जागिरबाट हात धुनुपर्‍यो भने क्वार्टरगार्डमा थुनिएका २ जना नायक र हवल्दार भाग्दा यिनलाई प्रेमप्रकाश थापामगर जर्साबले जोगाएका थिए । त्यति मात्र कहाँ हो र ! उनैले नारायण दल गणलाई दक्षिण सुडानमा पहिलो पटक शान्ति सैनिक लिएर गए ।

आफूलाई सधैँ प्रधानसेनापतिको विश्वासमा राख्न सफल भएर पहिलो मिसनमा आएका सवारी मर्मतदेखि फ्युललगायत धेरै रकमबाट घर सजाउन भ्याए । अझ भनाैँ दक्षिण सुडानको लागि आएको पानी प्रशोधनयन्त्र नै घरमा लैजान भ्याए । सुडानमा समेत एक जवानको जागिर खान भ्याएका महरा महिला सैनिक अधिकृतलाई काठमाडौँबाहिर पोष्टिङ गरिहाल्छन् ।

तर, यिनले आफू भने जागिर अवधिमा भ्यालीबाहिर पाइला टेकेका छैनन् । सैनिक सचिव विभागमा हुँदा फुल कर्णेलमा पदोन्नति हुन आफ्नो नेकेवेदीमा आफैँले अंक बढाए र पछि छानबिन हुँदा सचेतपत्र मात्र पाएर जोगिए । महरा जर्साब आफूलाई सबैभन्दा उत्कृष्ट, रातभरि काम गर्ने र क्षमतावान जर्सा’ब भन्छन् । आफ्नो जति राम्रो अंग्रेजी कसैको छैन पनि भन्छन् । यी जर्साबले आर्मी हेडक्वार्टरको सबै विभागमा पोष्टिङ खान भ्याइसकेका छन् ।

भर्खरै छोरा आशुतोषलाई इञ्जिनियर पढ्न नसकेपछि सेकेण्ड लप्टनमा भर्ना गरेका छन् । ती तालिमे लप्टनले आफ्नै घरमा राखेको कामदारलाई हात भाँच्चिने गरी कुटेपछि २ दिन प्रहरी हिरासतमा बसेर कुटाइ खानेसँग सम्झौता गरी आफ्नै बेसिकको साथी भुवन खत्री जर्साबको सहयोगमा तालिममा ज्वाइन गराइएको हो ।

तालिममा फेल भएका कारण पछिल्लो टोलीमा झर्ने हुँदा छोरालाई भुवन खत्री जर्साबको सहयोगसहित छनोट परीक्षामा हेडक्वार्टरको पावर लगाएर हाल इञ्जिनियरिङ पढ्न सैनिक कोटामा भारत पठाएका छन् । जस्तो फल त्यस्तै वृक्ष हुने हुँदा प्रधानसेनापतिले खरिपाटीबाट विदेश जाने तालिमरत लप्टनहरूको छानबिन गरी सैनिक सचिव परिवर्तन गर्नु नै हामी सबै तालिमरत सेकेण्ड लप्टन र पीडित महिला सैनिकको विशेष अनुरोध हो ।
 

टिप्पणीहरू