पानी ट्याङ्कर सडकबाट खस्दा दुई जनाको मृत्यु

पानी ट्याङ्कर सडकबाट खस्दा दुई जनाको मृत्यु
सुन्नुहोस्

धादिङमा भएको ट्याङ्कर दुर्घटनामा दुई जनाको ज्यान गएको छ । धादिङको गल्छी गाउँपालिका ३, गुप्लेश्वरीमा गएराति भएको दुर्घटनामा तीन जना घाइते भएको बताइएको छ ।

बाग्मती प्रदेश ०१–००४ क ३३५२ नम्बरको पानी बोक्ने ट्याङ्कर सडकबाट दुई सय मीटर तल खसेको छ । खसेको ट्याङ्कर भीरमा अड्किएको छ ।

दुर्घटनाका घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । चालक सकुशल रहेको र मृतकका शव पनि ट्याङ्करसँगै भीरमा अड्किएको अवस्थामा फेला परेको हो ।

टिप्पणीहरू