पूजाकोठाभित्र गाडिएको अवस्थामा महिलाको शव

पूजाकोठाभित्र गाडिएको अवस्थामा महिलाको शव

धनुषामा एक जना महिलाको शव पूजाकोठाभित्र गाडिएको अवस्थामा फेला परेको छ । लक्ष्मीनिया गाउँपालिका–५, बनिनियाँमा २० वर्षीया अञ्जली यादवको शव उनकै घरभित्र गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । 

यादवका पति हरेराम, १० महिनाकी छोरी र अञ्जली बेपत्ता भएको खबरपछि खोजी गर्ने क्रममा श्रीमतीको शव गाडिएको अवस्थामा भेटिएको हो । अघिल्लो शनिबार श्रीमान र श्रीमतीबीच झगडा परेको बताइन्छ । 

उनको हत्या हरिरामले नै गरेको हुनसक्ने अनुमान प्रहरीको छ । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

टिप्पणीहरू