न्यायाधीश बितेकाले आज बेञ्च नबस्ने

न्यायाधीश बितेकाले आज बेञ्च नबस्ने

सर्वोच्च अदालतमा आज कुनै पनि इजलास नबस्ने भएको छ । नेपालकै प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठ बितेको शोकमा सर्वोच्चले आज एकदिन बेञ्च नराख्ने निर्णय गरेको हो ।

न्यायाधीश श्रेष्ठको ८४ वर्षको उमेरमा अस्ति शुक्रबार बिहान देहान्त भएको थियो । उनी सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीशसमेत हुन् । 

२०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म श्रेष्ठ सर्वोच्चमा न्यायाधीश थिइन् ।

टिप्पणीहरू